Saturday 17th January 2026

गजल – रत्न प्रसाद बस्याल


राम्रि जति अरुकै भो,कालि मलाई किन रबि दाइ ?
जस्ले पनि धोकै दिने,जालि मलाई किन रबि दाइ ?

स्कुल पढ्न छाडि छाडि,माहारे भै हिड्दा पनि
हरिलाइ चाइ गुलाबि फुल,डालि मलाई किन रबि दाइ?

घर जग्गा बेचि बेचि,पढ्न भनि बिदेश आउदा
दुइटा डिउटि गरेकै छु,गालि मलाई किन रबि दाइ?

चाल्नो माथि पानी थापि, रातै भरि कुरि बस्दा
सेरे चाहि भाग्यमानी,तालि मलाई किन रबि दाइ?
जस्ले पनि धोकै दिने,जालि मलाई किन रबि दाइ?

रत्न प्रसाद बस्याल

तिलोत्तमा नगरपालिका-६

कुन्जलापुर, रुपन्देही

हालः कुवेत

 


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...