Sunday 13th September 2026

गजल – रत्न प्रसाद बस्याल


राम्रि जति अरुकै भो,कालि मलाई किन रबि दाइ ?
जस्ले पनि धोकै दिने,जालि मलाई किन रबि दाइ ?

स्कुल पढ्न छाडि छाडि,माहारे भै हिड्दा पनि
हरिलाइ चाइ गुलाबि फुल,डालि मलाई किन रबि दाइ?

घर जग्गा बेचि बेचि,पढ्न भनि बिदेश आउदा
दुइटा डिउटि गरेकै छु,गालि मलाई किन रबि दाइ?

चाल्नो माथि पानी थापि, रातै भरि कुरि बस्दा
सेरे चाहि भाग्यमानी,तालि मलाई किन रबि दाइ?
जस्ले पनि धोकै दिने,जालि मलाई किन रबि दाइ?

रत्न प्रसाद बस्याल

तिलोत्तमा नगरपालिका-६

कुन्जलापुर, रुपन्देही

हालः कुवेत

 


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...