Sunday 12th October 2025

हंगेरीमा डुंगा पल्टिँदा ७ जनाको मृत्यु, १९ जना वेपत्ता


तितोपाटी – हङ्गेरीको राजधानी बुडापेस्टस्थित ड्यानुब नदीमा डुङ्गा पल्टिँदा ७ को मृत्यु भएको छ । ३३ जना सवार दुईतले डुङ्गा पल्टिँदा अन्य १९ जना बेपत्ता भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। स्थानीय समयानुसार बुधवार राति १० बजेतिर नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङ्गामा अर्को डुङ्गा आएर ठोक्किएपछि अधिकांस दक्षिण कोरियाबाट आएका पर्यटक बेपत्ता भएका हुन् ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले दुर्घटनामा आफ्ना १९ नागरिक हराइरहेको पुष्टि गरेको छ। उसले एउटा सरकारी टोली हङ्गेरी पठाउने योजना भएको बताएको छ। ड्यानुब नदीमा बिहीवार पूर्वाह्ण खोज तथा उद्धार अभियान चलाइएको छ।

खोजी कार्यमा न्याश्नल एम्बुलेन्स सर्भिस बुडापेस्टको मध्य भागबाट तल खटिएको तथा दक्षिणतिर ड्यानुब नदीमा अन्य डुङ्गाको आवागमनमा रोक लगाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको…

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

प्रतिकृयाहरू
...