Monday 19th October 2026

अमेरिकी राष्ट्रपति ट्रम्प जापानको ४ दिनै औपचारिक भ्रमणमा


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि शनिबार जापान पुगेका छन्। सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान गएका हुन्।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन्। यसअघिका राजाले स्वास्थ्यको कारण देखाउँदै पद त्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाएका छन्।

जापान र अमेरिका दुवै तर्फका अधिकारीहरुले जापानका प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व सम्बन्ध रहेको जनाएका छन्। ट्रम्पका एक जना बरिष्ठ अधिकारीले भनेका छन्, “दुई नेताहरु एक अर्काका देशमा आउने जाने र भेटवार्ता गर्ने गरिरहनु भएको छ, यसैबाट उहाँहरुको सम्वन्ध कस्तो छ भन्ने थाहा हुन्छ।” जापानका एक जना उच्च कुटनीतिक अधिकारीले पनि दुई देशका शिर्ष नेताहरुको लगातारको भेटघाटले उनीहरुको सम्वन्ध अदभूत छ भन्ने पुष्टि हुने दाबी गरेका छन्।

जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गरेका थिए।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...