Wednesday 15th April 2026

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा


तितोपाटी – बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्। तर उनको उत्तराधिकारी नछानिए सम्म उनी प्रधानमन्त्रीमा रहिरहने छन्।

डाउनिङ स्ट्रिटमा आफ्नो सम्वोधनको क्रममा भावुक देखिएकी मेले २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्न आफुले पुरै कोशिस गरेको बताइन।

उनले ब्रेक्जिट कामयावी नभएकोमा गहिरो दु:ख रहेको बताएकी छन्। ब्रेक्जिटको लागि समर्थन जुटाउन आफुले पूरा प्रयास गरेको बताउँदै गर्दा मे निकै मलिन देखिएकी थिइन्। नयाँ प्रधानमन्त्रीले पनि यो प्रयास राख्नु देशको हितमा हुने उनले बताइन्।


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...