Thursday 18th June 2026

उत्तर कोरियामा शताब्दीकै सबैभन्दा ठुलो खडेरी


तितोपाटी – उत्तर कोरियामा यो शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। यसबाट त्यहाँको जनजीवन नराम्ररी प्रभावित हुन थालेको छ। खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी त्यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ। उत्तर कोरियाको अवस्थाबारे गम्भीर चासो लिएको विश्व खाद्य कार्यक्रमका एक अधिकारीले जानकारी दिएका छन्। त्यहाँ खाद्यान्नको संकट शुरु हुन थालेको उनीहरूले जनाएका छन्। उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक लगायतका नाकाबन्दी लगाइएको छ। अर्कातर्फ यहाँ खडेरीका कारण खाद्यान्न अभाव हुनसक्ने भएकाले यसप्रति आफूहरू संयमित भएको ती अधिकारीले जनाएका छन्।

यिनै नाकाबन्दीका कारण विगतमा पनि उत्तर कोरियाले खाद्यान्न संकट व्यहोर्नुपरेको थियो। यस पटक खडेरी परेकाले उनीहरूलाई खाद्यान्न संकट परेको छ। खडेरीका कारण अन्न उत्पादन पनि करिब पाँच लाख टन कमी आएको अनुमान छ। त्यसैगरी कृषि उपजको कमी आउने र सिँचाइ प्रबन्धको कमीका कारण खाद्य उत्पादनमा समस्या उत्पन्न हुन थालेको अनुमान गरिएको छ।

यो वर्ष उत्तर कोरियामा सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको छ। यो वर्षभरमा गत बुधवार ५६.३ मिलीमिटर मात्र पानी परेको थियो। जुन सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको वर्षका रूपमा लिन सकिन्छ। यहाँको सरकारी पत्रिकाले यस खडेरीका कारण यहाँ गहुँ, मकै, आलु, सिमी तथा अन्य खाद्यान्न बाली लगाउने समय पनि गुज्रिएकाले अब विस्तारै खाद्यान्न संकटको समस्या देखिँदै जान थालेको जनाएको छ। उक्त पत्रिकाले विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै जनाएअनुसार यहाँका करिब १ करोड नागरिकले खाद्यान्न संकट सामना गरिरहेका छन्।

यो शताब्दीकै सबैभन्दा ठूलो खडेरीको अवस्था हो र यसबाट उत्तर कोरियाका करिब ४० प्रतिशत नागरिकले यस्तो समस्या भोगिरहेका छन्। उत्तर कोरियाले भने विश्व समुदायप्रति तिक्तता पोखेको छ। उसले वर्षौँदेखि आफ्नो आणविक कार्यक्रमको मात्र विरोध गर्ने गरेका र आफ्नो खाद्यान्न समस्याको बारेमा नसोचेको बताएको छ। दक्षिण कोरियाले सहयोग गर्ने

दक्षिण कोरियाले सुक्खाग्रस्त उत्तर कोरियालाई ८० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सोलस्थित एकीकरण मन्त्रालयका प्रवक्ता ली साङ मिनले विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसंघ बालकोषसँग यसबारेमा सोमवार छलफल गरेका छन्। उत्तर कोरियामा नाकाबन्दी लागेका कारण ती संस्थामार्फत सहायता उपलब्ध गराउनुपर्ने हुन्छ। तुरुन्त सहायता नमिले उत्तर कोरियाली बालबालिका र गर्भवती महिलाको अवस्था नाजुक हुने बताइएको छ। उत्तर कोरियाका खाद्यान्न सहयोग उपलब्ध गराएर नागरिक र राजनीतिक दुवै रूपमा समर्थन लिने कोसिस पनि गर्दै आएको छ।

लीले भने, ‘दक्षिण कोरियाले पहिले अन्तर्राष्ट्रिय संगठनमार्फत तत्काल खाद्यान्न सहायता गर्नेछ। दक्षिण कोरियाले प्रत्यक्ष सहयोग गर्ने विषयमा भने नागरिकको विचार बुझेर मात्र निर्णय गर्नेछौं।’


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...