Sunday 27th July 2025

उत्तर कोरियामा शताब्दीकै सबैभन्दा ठुलो खडेरी


तितोपाटी – उत्तर कोरियामा यो शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। यसबाट त्यहाँको जनजीवन नराम्ररी प्रभावित हुन थालेको छ। खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी त्यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ। उत्तर कोरियाको अवस्थाबारे गम्भीर चासो लिएको विश्व खाद्य कार्यक्रमका एक अधिकारीले जानकारी दिएका छन्। त्यहाँ खाद्यान्नको संकट शुरु हुन थालेको उनीहरूले जनाएका छन्। उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक लगायतका नाकाबन्दी लगाइएको छ। अर्कातर्फ यहाँ खडेरीका कारण खाद्यान्न अभाव हुनसक्ने भएकाले यसप्रति आफूहरू संयमित भएको ती अधिकारीले जनाएका छन्।

यिनै नाकाबन्दीका कारण विगतमा पनि उत्तर कोरियाले खाद्यान्न संकट व्यहोर्नुपरेको थियो। यस पटक खडेरी परेकाले उनीहरूलाई खाद्यान्न संकट परेको छ। खडेरीका कारण अन्न उत्पादन पनि करिब पाँच लाख टन कमी आएको अनुमान छ। त्यसैगरी कृषि उपजको कमी आउने र सिँचाइ प्रबन्धको कमीका कारण खाद्य उत्पादनमा समस्या उत्पन्न हुन थालेको अनुमान गरिएको छ।

यो वर्ष उत्तर कोरियामा सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको छ। यो वर्षभरमा गत बुधवार ५६.३ मिलीमिटर मात्र पानी परेको थियो। जुन सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको वर्षका रूपमा लिन सकिन्छ। यहाँको सरकारी पत्रिकाले यस खडेरीका कारण यहाँ गहुँ, मकै, आलु, सिमी तथा अन्य खाद्यान्न बाली लगाउने समय पनि गुज्रिएकाले अब विस्तारै खाद्यान्न संकटको समस्या देखिँदै जान थालेको जनाएको छ। उक्त पत्रिकाले विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै जनाएअनुसार यहाँका करिब १ करोड नागरिकले खाद्यान्न संकट सामना गरिरहेका छन्।

यो शताब्दीकै सबैभन्दा ठूलो खडेरीको अवस्था हो र यसबाट उत्तर कोरियाका करिब ४० प्रतिशत नागरिकले यस्तो समस्या भोगिरहेका छन्। उत्तर कोरियाले भने विश्व समुदायप्रति तिक्तता पोखेको छ। उसले वर्षौँदेखि आफ्नो आणविक कार्यक्रमको मात्र विरोध गर्ने गरेका र आफ्नो खाद्यान्न समस्याको बारेमा नसोचेको बताएको छ। दक्षिण कोरियाले सहयोग गर्ने

दक्षिण कोरियाले सुक्खाग्रस्त उत्तर कोरियालाई ८० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सोलस्थित एकीकरण मन्त्रालयका प्रवक्ता ली साङ मिनले विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसंघ बालकोषसँग यसबारेमा सोमवार छलफल गरेका छन्। उत्तर कोरियामा नाकाबन्दी लागेका कारण ती संस्थामार्फत सहायता उपलब्ध गराउनुपर्ने हुन्छ। तुरुन्त सहायता नमिले उत्तर कोरियाली बालबालिका र गर्भवती महिलाको अवस्था नाजुक हुने बताइएको छ। उत्तर कोरियाका खाद्यान्न सहयोग उपलब्ध गराएर नागरिक र राजनीतिक दुवै रूपमा समर्थन लिने कोसिस पनि गर्दै आएको छ।

लीले भने, ‘दक्षिण कोरियाले पहिले अन्तर्राष्ट्रिय संगठनमार्फत तत्काल खाद्यान्न सहायता गर्नेछ। दक्षिण कोरियाले प्रत्यक्ष सहयोग गर्ने विषयमा भने नागरिकको विचार बुझेर मात्र निर्णय गर्नेछौं।’


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...