Thursday 30th July 2026

नायिका पुजना प्रधानलाइ मिडियामा कस्ले बदनाम गर्न खोज्यो ?


तितोपाटी- गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको नेपालकै पहिलो ” द सुपर मम ” को प्रतियोगीताहरुले कार्यक्रमको संयोजक नायिका पुजना प्रधान माथि ठगीको आरोप लगाएको छ र यहि ठगीको विषयमा प्रस्ट पार्दै न्यायको निम्ति प्रतियोगीहरुले आज राजधानीमा एक पत्रकार भेला समेत गरेर न्यायको माग समेत गरेका छन्।

प्रतिगोयितामा छलकपट भएको र प्रतिगोयीहरुबाट अवश्यक भन्दा बढी नै पैसा लिएको र संयोजकले आफ्नो मनोमानी गर्दै कार्यक्रममा सोधिने प्रश्न उत्तर बाहिर ल्याएको र आफ्नो मिलेमतोमा बिजयी समेत चुनेकोले प्रतियोगीहरुले नायिका पुजना प्रधान माथि ठगीको आरोप लगाउदै समय,मान,मर्यादा र पैसाको असुली माग गरेको छ । र साथै आफुले प्रतियोगितामा जितेको उपहारसमेत फिर्ता दिने घोषणा गरेको छ । यहि बिषयलाइ लिएर आफु माथि लागेको आरोप र प्रत्यारोपको कारण खुलाउदै प्रतियोगी माथि आफु नठगेको उल्टो आफुलाई नै सबैको मिलेमतोमा सड्यन्त्र बुनेर बदनाम गर्न खोजेको भन्दै नायिका तथा प्रतियोगिताको संचालक पुजना प्रधान मिडियामा प्रस्ट पारेकी छिन ।

नायिकाले भने अनुसार प्रतियोगीहरुले मनोमानी गरेको र जजहरुलाई समेत नम्बर धेरै दिएर आफु बिजयी हुन् खोज्दा आफु नमानेको र एक सत्यको जित भन्ने सोचले कार्यक्रम सहि तरिकाले गरेकोमा चित्त नबुझाईले अहिले आफुलाई बदनाम गर्न खोजिएको भन्ने रहेको छ र साथै आरोप प्रत्यारोप लगाउने कुरामा आफुलाई मानब तस्करी समेत गरेको भनेकाले यो मानब तस्करीको बारे प्रस्ट पर्दिन समेत आग्रह गरेकी छिन ।

प्रमुख अतिथि उधोगपति साहित्यकार बसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको द सुपर ममको निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेको उक्त प्रतियोगितामा भक्तपुरकि एमी कर्माचार्य विजय भएकी थिईन भने विभिन्न चरण पार गर्दै ‘द सुपर मम’ को अन्तिम प्रतिश्प्रधामा १६ जना प्रतिश्प्रधिहरुले भाग लिएका थिए । अन्य १५ प्रतिश्प्रधिहरुलाई उछिन्दै उनले उक्त बिजेताको ताज जित्न सफल भएकी थिइन् । त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राइ भएका थिए ।

साभार-मेरो सन्देश


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...