तितोपाटी – ताजकिस्तानको एक जेलमा भएको भिडन्तमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मारिएकाहरु मध्ये २४ जना इस्लामिक स्टेट्स आतंककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
ताजकिस्तानको राजधानी डुशान्बे नजिकै रहेको उक्तकारगारामा आइतबार साँझ आईएस आतंककारी समूहले सुरु गरेको झडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आईएस आतंककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ।