Monday 19th October 2026

होन्डुरसमा उडान भरेको केहि मिनेटमै विमान दुर्घटना, ५ जनाको मृत्यु


तितोपाटी – होन्डुरसमा उडान भरेको केहि मिनेटमै विमान दुर्घटना भएको छ भने विमानमा सवार सबैको मृत्यु भएको छ । विमानमा पाइलट सहित ५ जना सवार थिए । श्रोतका अनुसार होन्डुरस द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको हो।

अग्नी नियन्यन्त्रकका अनुसार चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँचको मृत्यु भएको छ। उनीहरु विदा मनाउने क्रममा समुद्रमा विमान खसेर दुर्घटना भएको हो। होन्डुरन द्वीपबाट उडान भरेको केही मिनेटमैदुर्घटना भएको थियो।

दुर्घटनामा परी ब्रैडली पाेष्ट,बेली साेनी, टामी डब्लर र पाइलट पैट्रिक फाेर्सेथकाे ज्यान गएकाे हाे। त्यस्तै विमान दुर्घटनामा परी घाइते भएका क्यनेडियन पाइलट एंथाेनी डब्लरकाे उपचारकाे क्रममा ज्यान गएकाे हाे। दुर्घटनाकाे कारणबारे अनुसन्धान भइरहेकाे अन्तराष्ट्रिय संचारमाध्यमहरूले  जनाएका छन्।

 


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...