Wednesday 15th April 2026

होन्डुरसमा उडान भरेको केहि मिनेटमै विमान दुर्घटना, ५ जनाको मृत्यु


तितोपाटी – होन्डुरसमा उडान भरेको केहि मिनेटमै विमान दुर्घटना भएको छ भने विमानमा सवार सबैको मृत्यु भएको छ । विमानमा पाइलट सहित ५ जना सवार थिए । श्रोतका अनुसार होन्डुरस द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको हो।

अग्नी नियन्यन्त्रकका अनुसार चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँचको मृत्यु भएको छ। उनीहरु विदा मनाउने क्रममा समुद्रमा विमान खसेर दुर्घटना भएको हो। होन्डुरन द्वीपबाट उडान भरेको केही मिनेटमैदुर्घटना भएको थियो।

दुर्घटनामा परी ब्रैडली पाेष्ट,बेली साेनी, टामी डब्लर र पाइलट पैट्रिक फाेर्सेथकाे ज्यान गएकाे हाे। त्यस्तै विमान दुर्घटनामा परी घाइते भएका क्यनेडियन पाइलट एंथाेनी डब्लरकाे उपचारकाे क्रममा ज्यान गएकाे हाे। दुर्घटनाकाे कारणबारे अनुसन्धान भइरहेकाे अन्तराष्ट्रिय संचारमाध्यमहरूले  जनाएका छन्।

 


सम्बन्धित शीर्षकहरु

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

अमेरिकी पूर्वराष्ट्रपति Donald Trump ले इरानसँगको युद्ध अन्त्यतिर पुगेको संकेत दिएका छन्। Fox News को एक अन्तर्वार्तामा उनले “यो समाप्त…

नितिश कुमारले राजीनामा दिएर बिहारमा बीजेपी नेतृत्व स्वीकार्नुको मुख्य कारण राजनीतिक संक्रमण, संवैधानिक आवश्यकता र शक्ति सन्तुलन तीनै पक्षसँग जोडिएको…

प्रतिकृयाहरू
...