Monday 19th October 2026

अफ्रिकी मुलुक चाडमा बोको हराम अतिवादीहरूद्वारा १३ जना गाउँलेको हत्या


तितोपाटी – अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन्। चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ। सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए। लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार तथा अरु ९ जना गाउँलेको मृत्यु भएको बताए।

गाउँलेको हत्या रोक्न चाडको सेना समयमै आइनपुगेको बताइएको छ। चाडको उच्च सैनिक नेतृत्वले उक्त गाउँमा सैनिक परिचालन गरिएको र लडाकूहरुको खोजी शुरु गरिसकेको जनाएको छ। नाइजेरियामा कट्टरपन्थी इस्लामिक शासन व्यवस्थाका लागि आन्दोलनरत बोको हरामका गतिविधिहरु पछिल्लो समय नाइजेरियाका उत्तरपूर्वी मुलुकहरु नाइजर, चाड र क्यामरुनमा पनि बिस्तार भएको छ।

बोको हराम विरुद्धको कारबाही तीब्र पारिए पनि नाइजेरियामा मात्र २७ हजारको ज्यान गइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन्।

-रासस


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...