Monday 25th August 2025

माग पूरा नभए श्रमिकको उडान बन्द गर्ने म्यानपावर ब्यवसायीको चेतावनी


तितोपाटी- नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले आफ्ना माग पूरा नभए बैदेशिक रोजगारीमा जाने श्रमिकको उडान बन्द गर्ने चेतावनी दिएको छ।

माग पू्रा नभए श्रमिकको उडान जेठ १७ देखि २३ गतेसम्म ७ दिनका लागि बन्द गर्ने ब्यवसायीको चेतावनी छ। आफ्ना माग संबोधनका लागि बिरोध, संघर्ष र असहयोगका कार्यक्रम तय गर्ने र त्यसबाट उत्पन्न समस्याको जिम्मेवारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लिनुपर्ने ब्यवसायीहरुको भनाइ छ।

संघले नगद धरौटीको ब्याज पाउनु पर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेशिया रोजगार सुचारु गर्न मन्त्रालयमा सूचीकृत नभएका मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गर्ने गरि नयाँ कामदार पठाउने प्रकृया सुरु गर्ने, अनलाइन प्रणली मार्फत मागपत्र प्रमाणीकरण गर्नुपर्ने, दक्षिण एशियाली मुलुकको अभ्यास अनुसार कामदारको दायीत्व तोकिनुपर्ने लगायतका माग अगाडि सार्दै आएको छ।

यो बिषयमा पटक पटक अनुरोध गर्दा पनि मन्त्रालयले कुनै सुनुवाइ नगरेको उनीहरुको आरोप छ।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...