Sunday 12th April 2026

एभोकाडोः फल एक, फाइदा अनेक


तितोपाटी – एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ  । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना (Persea Americana)” हो  । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ । पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।

यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेरसन र क्यान्सरका रोगीलाई समेत फाइदाकर मानिन्छ। यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ। एभोकार्डोले मोटोपन, मधुमेह, मुटुको रोग घटाउन पनि सहयोग गर्छ। यो फल खाँदा स्वास्थ्यलाई निम्न फाइदा हुन्छ।

पोषिलो फल

एभोकार्डोमा भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा पाइन्छ। एउटा एभोकार्डौमा ६४ क्यालोरी हुन्छ। जसमा ६ ग्राम चिल्लो, ३।४ ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइवर हुन्छ। एभोकार्डोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ। राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ। बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ। एभोकार्डो पूर्ण रुपमा स्वास्थ्यवर्धक मानिन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्छ।

मुटु स्वस्थ राख्न सहयोगी

शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ । एउटा एभोकार्डोमा २५ मिलिग्राम चिल्लो हुन्छ। यसलाई बेटा–सिस्टेरोल भनिन्छ। यसमा रहेको चिल्लो पदार्थ स्वस्थवर्धक मानिन्छ। एभोकार्डो नियमित खाएमा रगतमा भएको कोलस्ट्रोललाई सन्तुलन राख्न सहयोग पुग्छ।

ताैल घटाउन मद्दत गर्छ

एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ ।

दृष्टि क्षमता बढाउँछ

एभोकार्डोमा लुटिन र जियाक्जाथिन गरी दुई रसायन पाइन्छ। यी रसायनले आँखाको कोषमा एन्टिअक्सिडेन्टविरुद्ध सुरक्षा प्रदान गर्छन। यी रसायनले आँखाका कोषिकालाई नष्ट हुनबाट बचाउँछन् र अल्टाभाइलेट प्रकाश प्रदान गर्छन्।

घुँडा दुख्ने रोगबाट बचाउँछ

एभोकार्डोमा पाइने भिटामिन ‘के’ हड्डी स्वास्थ्यका लागि अतिलाभदायी मानिन्छ। दैनिक आधा एभोकार्डो खाने हो भने पनि २५ प्रतिशत भिटामिन ‘के’ प्राप्त हुन्छ।

क्यान्सरबाट बच्न सकिन्छ

पर्याप्त मात्रामा यो फलको प्रयोगले आन्द्रा, पेट, प्याङ्क्रियाज र पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने दाबी गरिएको छ। अनुसनधानकर्ता कुरामा विश्वास गर्छन् कि यसमा रहेको ‘फोलेट’ तत्वले अनावश्यक सेल बढ्न दिंदैन। क्यान्सर लाग्न नदिन र क्यान्सर लागिसकेपछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ। केही अनुसन्धानकर्ताका अनुसार यसमा रहेको फिटोकेमिकलले बढ्न लागेका क्यान्सरका कोषलाई रोक्छ।

गर्भपतन रोक्छ

आमाको दूध खाने र गर्भमा रहेका शिशुका लागि फोलेट अनिवार्य पर्छ। एभोकार्डो नियमित सेवन गरेमा पोषणको कमीले हुने गर्भपतन हुँदैन। एमसी गिल विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार ३० प्रतिशत गर्भपतन गर्भावस्थामा हुने फोलेटको कमीले हुन्छ।

डिप्रेसनको जोखिम कम गर्छ

यो फलमा उच्च मात्रामा रहेको फोलेट तत्वले डिपे्रसन हुनबाट बचाउन सक्छ। किनकि फोलेटले होमोसिस्टाइन उत्पादन गरी मस्तिष्कमा पठाउँछ। यसले मस्तिष्कमा हुने सेरोटोनिनी, डोपामिन र नोरेनिफ«ाइन प्रभावित गर्छ। जसले थकान, निद्रा र मुडलाई नियन्त्रणमा राख्छ।

पाचन प्रक्रियामा सहयोगी

एभोकार्डोमा पर्याप्त मात्रामा फाइवर, क्रिमजस्ता तत्व पाइन्छन्। फाइवरयुक्त खानाले कब्जियत हुन दिँदैन र पाचनप्रणाली चुस्त बनाउँछ। पाचन प्रणाली राम्रो हुँदा आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ।

शरीरबाट विकार हटाउँछ

एभोकार्डो नियमित सेवन गर्दा प्राकृतिक रुपमै शरीरमा भएको विकार निर्मलीकरण गर्छ। यसको सेवनले शरीरमा रहेको दूषित रसायन दिसा या पिसावको माध्यमबाट बाहिर निस्कन्छ।

रक्तचापलाई कम गराउँछ

पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।

-कृषि पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...