Sunday 27th July 2025

सुपुर्दगी कानूनको विषयलाइ लिएर हङकङको संसदमा हातापायी, केहि सांसद घाइते


तितोपाटी – शनिबार हङकङको संसदमा सांसदहरू विच हात हालाहाल भएको छ भने केहि सांसद घाइते समेत भए । सांसदहरू पत्रकारहरूका बीच बोल्ने माइकमा अधिकार जमाउन, अमर्यादित शब्दहरू प्रयोग गर्न र टेबलमा चढ्न थालेपछि तनाव भएको हो। आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानुनमा परिवर्तन गर्न खोजिएपछि शनिवार हङकङको संसदमा हात हालाहाल भएको हो। संसदको बैठकको बेला झगडा हुँद सांसद घाइते भएको र एक सांसदलाई अस्पताल लग्नु परेको छ।

प्रस्तावित कानुनका विरोधीहरू सो परिवर्तनले हङकङमा रहेको स्वतन्त्रतालाई खुम्च्याउने विश्वास गर्छन्। तर अधिकारीहरु भने हत्यामा आरोपित एकजनालाई ताइवान पठाउन सो परिवर्तन गर्न खोजिएको बताउँछन्। एक जना चीन समर्थक सांसदले शनिवार ‘हङकङका लागि एउटा दुखद दिन’ भएको बताए।

‘एक देश, दुई प्रणाली’को सिद्धान्तमा चलेका कारण चीन र हङकङका कानुन फरक छन्। सन् १९९७ मा ब्रिटेनबाट हङकङ आफ्नो अधिनमा ल्याउन चीनले परराष्ट्र र रक्षाका विषयमा बाहेक अरू विषयमा उसलाई बढी स्वायत्तता दिने वाचा गरेको थियो।

तर चीन समर्थक सांसद क्यारी लामले आरोपितहरूलाई चीन, ताइवान र मकाउमा मुद्दा चलाउन मिल्ने गरि सुपुर्दगी गर्ने कानुनी परिवर्तन प्रस्ताव गरेकी थिइन्। उनले ताइवानमा बिदा मनाउने क्रममा आफ्नो प्रेमिकाको हत्या गरेर भागेर हङकङ आइपुगेको आरोप लागेका १९ वर्षीय हङकङ नागरिकको मुद्दालाई उदाहरणका रुपमा लिएर सो प्रस्ताव गरेकी थिइन्। ताइवानले सुपुर्दगीको माग गरेपनि हङकङले सुपुर्दगी सम्झौताको अभावमा अनुरोध पूरा गर्न नसकिने बताएको छ।

प्रस्तावित परिवर्तनले ठूलो आलोचना खेप्नुपरेको छ। कानुनका विरोधीहरूले गत हप्ता सन् २०१४ यताको सबैभन्दा ठूलो विरोध र्‍याली निकालेका थिए। प्राय: मौन रहने हङकङका उद्योगपतिको समुदायले पनि ‘कानुनमा रहेका कमजोरीले मानिसहरूले स्वतन्त्रता, सम्पत्ति र जीवन समेत गुमाउन सक्ने’ भन्दै कानुनको विरोध गरेका छन्।

हङकङका अन्तिम ब्रिटिस गर्भनर क्रिस प्याटनले गएको महिना एक टिभी अन्तर्वार्तामा प्रस्ताव ‘हङकङको मूल्यमान्यता, स्थिरता र सुरक्षामाथिको प्रहार’ भएको बताए।

-बीबीसी नेपाली बाट


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...