Thursday 18th June 2026

एक साता अघि सराङकोटमा मृत भेटिएकी महिलाको अहिलेसम्म पहिचान खुलेन


एक साता अघि पोखराको सराङकोटमा मृत भेटिएकी महिलाको हालसम्म सनाखत हुन सकेको छैन । कास्की प्रहरीका अनुसार जेठ २३ गते दिउसो पोखरा लेखनाथ महानगरपालिका बडा नं १८ सराङकोट स्थित देउराली घुम्तिको सडक किनार ठोट्नेखोला सामुदायिक जंगलमा फेला परेको महिलाको शबको पहिचान खुल्न नसकेको हो ।

अन्दाजी २५/३० बर्षकी महिलाको एक साता सम्म सनाखत हुन नसकेपछि प्रहरीले शबको तस्विर सहित पहिचानका लागि अपिल गरेको छ । बुधवार प्रेस बिज्ञप्ती जारी गर्दै कास्की प्रहरीले शब पहिचानको लागि अपिल गरेको हो । गहुँ गोरो वर्ण, मझौला शरीर , घाटीमा रातो पत्थर भएको गोलो लकेट सहितको रातो पोते,पहेँलो मंगल, सुत्र जस्तो मीनीहार , दुबै कानमा पहेलो लुर्कन, बाया हातमा दुई वटा र दाहिने हातमा एक औठी तथा सिउँदोमा सिन्दुर लगाएकी महिलालाई चिन्नुहुनेलाई सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

बेबारिसे अबस्थामा शब भेटिएपछि घटनास्थलको मुचुल्का उठाई पोष्ट मार्टम समेत गरिसकिएको र शव हाल पश्चिम क्षेत्रीय अस्पतालको शव गृहमा रहेको कास्की प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...