Monday 19th October 2026

नेटोले गरेको हवाई आक्रमणमा १० तालिबानीको मृत्यु


तितोपाटी-नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना मारिएको जानकारी दिनुभयो ।

राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दावी गरेको छ । अर्को एक घटनामा छिमेकी वारदाक प्रान्तमा एक जना तालिबानी लडाकू मारिनुका साथै तीनजना अरु तालिबानी पक्राउ परेका छन् । तालिबान समूहले उक्त दुबै घटनाका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...