Wednesday 15th April 2026

नेटोले गरेको हवाई आक्रमणमा १० तालिबानीको मृत्यु


तितोपाटी-नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना मारिएको जानकारी दिनुभयो ।

राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दावी गरेको छ । अर्को एक घटनामा छिमेकी वारदाक प्रान्तमा एक जना तालिबानी लडाकू मारिनुका साथै तीनजना अरु तालिबानी पक्राउ परेका छन् । तालिबान समूहले उक्त दुबै घटनाका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी पूर्वराष्ट्रपति Donald Trump ले इरानसँगको युद्ध अन्त्यतिर पुगेको संकेत दिएका छन्। Fox News को एक अन्तर्वार्तामा उनले “यो समाप्त…

नितिश कुमारले राजीनामा दिएर बिहारमा बीजेपी नेतृत्व स्वीकार्नुको मुख्य कारण राजनीतिक संक्रमण, संवैधानिक आवश्यकता र शक्ति सन्तुलन तीनै पक्षसँग जोडिएको…

सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता पत्र” मा नेपालले कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा सम्झौतामा सहभागी नहुने स्पष्ट अडान दोहोर्‍याएको…

प्रतिकृयाहरू
...