Tuesday 20th October 2026

पाकिस्तानको लाहोरमा प्रहरीको गाडी लक्षित गरि बम विष्फोट हुँद कम्तीमा ८ को मृत्यु


तितोपाटी – प्रहरीको गाडीलाई लक्षित विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। पाकिस्तान लाहौर स्थित सुफी मुसलमानहरूको एक धार्मिक स्थल नजिकै प्रहरीको गाडीलाई लक्षित गरी बुधबार बिहान बम विस्फोट भएको हो।

पाकिस्तानी सञ्चार माध्यमकाअनुसार बिस्फोटबाट प्रहरीको गाडीमा सामान्य क्षति भएको छ। विस्फोटमा सुरक्षा निकायका ५ जनाको पनि मृत्यु भएको छ। कसरी विस्फोट भयो भन्ने बारे यकिन भइनसकेको भएपनि आत्मघाती विस्फोट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ।

अहिलेसम्म कुनै पनि समूहले सो घटनाको जिम्मेदारी लिएको छैन।  विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू परिचालित भएका छन्। रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

शिया र सुन्नी दुवै सम्प्रदायका मुसलमानहरू दाता दरबार दरगाहमा जाने गर्छन्। सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्। सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो। लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो। इस्लाम धर्मअन्तर्गत भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...