Tuesday 14th April 2026

पाकिस्तानको लाहोरमा प्रहरीको गाडी लक्षित गरि बम विष्फोट हुँद कम्तीमा ८ को मृत्यु


तितोपाटी – प्रहरीको गाडीलाई लक्षित विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। पाकिस्तान लाहौर स्थित सुफी मुसलमानहरूको एक धार्मिक स्थल नजिकै प्रहरीको गाडीलाई लक्षित गरी बुधबार बिहान बम विस्फोट भएको हो।

पाकिस्तानी सञ्चार माध्यमकाअनुसार बिस्फोटबाट प्रहरीको गाडीमा सामान्य क्षति भएको छ। विस्फोटमा सुरक्षा निकायका ५ जनाको पनि मृत्यु भएको छ। कसरी विस्फोट भयो भन्ने बारे यकिन भइनसकेको भएपनि आत्मघाती विस्फोट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ।

अहिलेसम्म कुनै पनि समूहले सो घटनाको जिम्मेदारी लिएको छैन।  विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू परिचालित भएका छन्। रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

शिया र सुन्नी दुवै सम्प्रदायका मुसलमानहरू दाता दरबार दरगाहमा जाने गर्छन्। सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्। सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो। लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो। इस्लाम धर्मअन्तर्गत भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले मध्यपूर्व युद्धका क्रममा यदि बेइजिङले इरानलाई सैन्य सहयोग गरेको प्रमाण भेटिए चीनबाट अमेरिका प्रवेश गर्ने…

रुसले इरानको समृद्ध (enriched) युरेनियम आफ्नो नियन्त्रणमा लिन प्रस्ताव अझै खुला रहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति…

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

प्रतिकृयाहरू
...