Tuesday 1st September 2026

प्रहरीद्वारा घरेलु मदिरा नष्ट


ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको टोलीले १२० लिटर घरेलु मदिरा नष्ट गरेको छ। हरिवन नगरपालिका अन्तर्गत विभिन्न क्षेत्रबाट बरामद् गरिएको घरेलु मदिरा प्रहरीले बिहीबार बिहान नष्ट गरेको हो।

अवैघ रुपमा घरेलु मदिरा बनाएर बेचविखन कार्य नियन्त्रणका लागि अभियान नै चलाइएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए।

उत्तरी क्षेत्रका हरिवन, घुर्कौली, ढुंग्रेखोला, कर्मैया लगायत स्थानमा घरेलु मदिरा बनाई सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका विभिन्न स्थानमा बेचबिखन हुने गरेको प्रहरीले जनाएको छ। घरेलु मदिरा सेवनबाट कतिपयको ज्यान समेत जाने गरेको छ भने दर्जनौं बिरामी पर्ने गरेका छन्।


सम्बन्धित शीर्षकहरु

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

प्रतिकृयाहरू
...