Thursday 1st October 2026

नीति तथा कार्यक्रम भ्रम, झुट र आश्वासनको पुलिन्दा: गगन थापा


तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रमले जनतालाई निरास बनाएको बताएका छन्।

सरकारले संघीयताप्रति प्रतिवद्ध नरहेको तथा नीति, कार्यक्रम जनतामुखी नभएको उनको तर्क छ।

थापाले संसद भवन परिसरमा पत्रकारहरुमाझ भने, ‘यो नीति तथा कार्यक्रम भ्रम, झुट र आश्वासनको पुलिन्दा हो। जनतालाई निराश बनाएको छ।’

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको ठाउँमा पटकपटक मेरो सरकार भनेकोमा पनि थापाले आपत्ति जनाएका छन्।

‘अहिलेको संरचनाका कुनैपनि मन्त्री र प्रशासकहरुसँग प्रश्न सोध्ने ल्याकत रहेनछ,’ उनले भने, ‘मेरो सरकार किन भनियो? यसमा राष्ट्रपतिको दोष छैन त्यो त सरकारले लेखेर दिएको हो।’

नीति तथा कार्यक्रममा लेखिएको भाषा ठीक छैन भनेर कुनैपनि मन्त्री र प्रशासकले प्रधानमन्त्रीलाई भन्न नसकेको पनि थापाले बताए।

साभार सेतोपाटी


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...