Saturday 13th December 2025

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु


जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

घुस्मेली काँक्राखोरदेखि ताराखोला गाउँपालिकाको कार्यालय जाँदै गरेको ग १ ज ६०३४ नम्बरको जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुमा ताराखोला गाउँपालिका – ३ का वडा सदस्य समेत रहेका २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका अन्दाजी ५४ वर्षीय हरिराम गिरी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले बताए। दुर्घटनामा जीपका चालक ताराखोला -३ का डम्बरबहादुर घिमिरे र अन्दाजी ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाईते भएका छन्। घाईतेहरुलाई प्राथमिक उपचार केन्द्र हरिचौरमा ल्याईएको डिएसपी थापाले बताए। जीप मोटरबाटो देखि पाँच/छ सय मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -पाल्पाको निस्दीस्थित मित्याल-अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी-४ मित्याल चिउरेबासमा आज बिहान जिप दुर्घटना भएकाे छ । अरूणखाेलाबाट निस्दी हुँदै रामपुर…

तितोपाटी-पाल्पामा अन्तरास्ट्रिय आप्रवासन दिवस २०२५ को अवसर पारेर "आप्रवासी श्रमिक सञ्जाल" गठन भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत…

न्यूयोर्क: संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तले बिहीबार म्यानमारको एक अस्पतालमा भएको हवाई आक्रमणको अनुसन्धान गर्न आह्वान गरेका छन् जसमा बिरामीहरू…

प्रतिकृयाहरू
...