Monday 18th August 2025

बालुवाटार जग्गा प्रकरणमा कांग्रेसका नेता दोषी देखिए कारबाही हुनुपर्छ: प्रकाशमान सिंह


तितोपाटी-नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन कांग्रेसका नेता दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन्।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा सभापति शेरबहादुर देउवा पनि मुछिएको समाचार आएपछि नेता सिंहले दोषी भए कारबाही हुनुपर्ने बताए।

नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले भने, ‘कांग्रेसका नेता हुन् कि अरु पार्टीका नेता हुन्। निष्पक्ष छानबिन गरेर दोषी ठहरिए कारबाही गर्नुपर्छ।’

पत्रकारहरूले बालुवाटार जग्गामा देउवा पनि मुछिए नि! भन्ने प्रश्न गरेपछि नेता सिंहले जो मुछिए पनि छानबिन गरेर दोषी देखिए कारबाही हुनुपर्ने बताएका हुन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

प्रतिकृयाहरू
...