Wednesday 24th June 2026

बालुवाटार जग्गा प्रकरणमा कांग्रेसका नेता दोषी देखिए कारबाही हुनुपर्छ: प्रकाशमान सिंह


तितोपाटी-नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन कांग्रेसका नेता दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन्।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा सभापति शेरबहादुर देउवा पनि मुछिएको समाचार आएपछि नेता सिंहले दोषी भए कारबाही हुनुपर्ने बताए।

नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले भने, ‘कांग्रेसका नेता हुन् कि अरु पार्टीका नेता हुन्। निष्पक्ष छानबिन गरेर दोषी ठहरिए कारबाही गर्नुपर्छ।’

पत्रकारहरूले बालुवाटार जग्गामा देउवा पनि मुछिए नि! भन्ने प्रश्न गरेपछि नेता सिंहले जो मुछिए पनि छानबिन गरेर दोषी देखिए कारबाही हुनुपर्ने बताएका हुन्।


सम्बन्धित शीर्षकहरु

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

प्रतिकृयाहरू
...