Monday 22nd December 2025

इन्डोनेसियामा थकाइजन्य रोगको कारण निर्वाचनमा खटिएका २७२ कर्मचारीको मृत्यु


तितोपाटी – इन्डोनेसियामा थकाइजन्य रोगबाट २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी थला परेका छन् । ती सबै निर्वाचन कर्मचारी हुन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियामा अहिले हातबाटै मतपत्रको गणना भइरहेको छ । निर्वाचन आयोगका प्रवक्ता एरिफ पि्रयो सुसान्तोका अनुसार १८ सय ७८ कर्मचारी बिरामी छन् । अप्रिल १७ मा सम्पन्न निर्वाचनको मतगणना र रेखदेखका लागि ७० लाख मानिस खटिएका थिए ।

कर्मचारीहरूको मृत्यु हुनुको कारण गर्मी र खराब परिस्थितिमा रातभरि काम गर्नु रहेको बताइएको छ । अधिकारीहरूका अनुसार यी कारणले कर्मचारीमा शारीरिक समस्या देखा परेको थियो । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा चुनाव प्रक्रियामा हुने खर्च कम गर्नका लागि एकैसाथ विभिन्न निर्वाचन गराइएको बीबीसीले जनाएको छ । त्यस्तै करिब १९ करोड ३० लाख मतदाता रहेको यो मुलुकमा चुनाव क्रममा ८० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका थिए । निर्वाचन आयोगका अनुसार मुलुकभर ८ लाख मतदान केन्द्र राखिएका थिए ।

इन्डोनिसया चुनावी प्रक्रियाका लागि अधिकांश अस्थायी कर्मचारीको नियुक्ति गरिएको थियो । नियुक्तिका क्रममा सरकारी कर्मचारी सरह तिनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन । प्रवक्ताले भने, ‘चुनाव प्रक्रियामा खटिएका २७२ कर्मचारीको मृत्यु ओभरटाइम काम गर्दा भएको हो । तिनीहरूमध्ये अधिकांश काम गर्दागर्दै बिरामी भएका थिए ।

निर्वाचन आयोगले मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । आलोचकहरूले सरकारले एकै पटक विभिन्न चुनाव गर्दा पूर्वतयारी नगरेकाले ठूलो संख्यामा कर्मचारीले ज्यान गुमाएको बताएका छन् । उनीहरू भन्छन्, ‘सरकारले ठूलो संख्यामा अस्थायी कर्मचारी नियुक्ति गर्नु पनि समस्याको कारण हो । यो सरकारी निर्णय गलत थियो ।’ उल्लेख्य संख्यामा मतदान भएकाले मतगणना सम्भवतः २२ मेमा पूरा हुने आयोगले जनाएको छ । त्यसपछि मात्रै राष्ट्रपति र संसदीय चुनावहरूमा विजेताको घोषणा गरिनेछ ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...