Monday 28th July 2025

अंगीकृतका कतिपय सन्तानलाई वंशजको नागरिकता नदिनू : सर्वोच्च


तितोपाटी- गृह मन्त्रालयले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता दिनका लागि गरेको सर्कुलरविरुद्ध सर्वोच्च अदालतको नयाँ फैसला आएको छ ।
गृह मन्त्रालयको सकुर्लर अनुसार ‘कतिपयलाई’ नागरिकता वितरण नगर्नू भन्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले शुक्रबार अन्तरिम आदेश दिएको हो ।

एक साता अघि मात्र न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलरबमोजिम नागरिकता वितरण गर्ने कार्य नरोक्न आदेश दिएको थियो ।

प्रधानन्यायाधीश शमशेरसहित पुरुषोत्तम भण्डारीको इजलासमा परेको रिटमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनिएको हो ।


सम्बन्धित शीर्षकहरु

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

प्रतिकृयाहरू
...