Monday 7th September 2026

जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चनको उपचारका क्रममा मृत्यु


तितोपाटी- सिरहाको कल्याणपुर नगरपालिका ८ मा जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ । मण्डलको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । कञ्चन कल्याणपुर नगरपालिकाको अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् ।

बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी उनको शरीरको करिब ७५ प्रतिशत भाग जलेको थियो । थप उपचारको लागि काठमाडौं लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।
कञ्चनको मृत्यु भएलगत्तै उनकी सासु सुर्जीदेवी मण्डललाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन् । उनको सासु र श्रीमानसँग राम्रो सम्बन्ध नरहेको पनि स्थानीयवासीको भनाई छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

अफ्रिकी देश केप भर्डेको फोगो टापुमा यात्रुवाहक बस सडकबाट करिब १०० फिट तल खसेपछि भएको दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु…

प्रतिकृयाहरू
...