Friday 17th July 2026

कार दुर्घटनामा परेर कोमामा गएको २७ वर्ष पछि कोमाबाट फिर्ता


तितोपाटी – यूएईकी एक महिला २७ वर्षपछि कोमाबाट होसमा आएकी छन् । कार दुर्घटनामा परी सन् १९९१ मा कोमामा गएकी महिला जर्मनीको एक अस्पतालमा गत वर्ष होसमा आएको समाचार अन्तर्राष्ट्रीय समाचार एजेन्सीले जनाएका छन् । मुनिरा अब्दुल्ला नाम गरेकी महिला ३२ वर्षको उमेरमा सन् १९९१ मा चार वर्षीय छोरालाई स्कुलबाट लिएर आउँदा उनी चढेको कार एउटा बससँग ठोक्किएर दुर्घटना भएको थियो । साेही दुर्घटनाबाट उनी काेमामा गएकी थिइन् । उनका छोरा छोरा ओमार वेबायरले आमाको स्वास्थ्यस्थितिमा भएको अद्भुत सुधारबारे बताएका छन्।


ओमारले युएईको द न्याश्नल समाचारपत्रिकालाई बताए अनुसार दुर्घटनाको बेला आमा छोरा पछाडिको सीटमा रहेका थिए । दुर्घटना हुनै लाग्दा उनकी आमाले ओमारलाई बचाउन अँगाालो हालेकी थिइन् । ओमारले लामो समयको उपचारपछि आमाको होस आएको कुरा बताउँदै मानिसहरूले आफ्ना प्रियजनप्रति रहेको आशा नगुमाऊन् भनेर आमाको कथा अहिले अरूलाई भनेको बताएका छन्। उनले विषम परिस्थितीमा हुँदा तिनलाई मृत नठान्नुहोस् बनेका छन् ।

उनलाई उपचारका लागि लण्डन लगिएको थियो । त्यसपछि उनलाई युएईमै ल्याइएको थियो । सन् २०१७ आबु धाबीस्थित एक सरकारी निकायको आर्थिक सहयोगमा उनलाई उपचारका जर्मनी लगिएको थियो ।

एक दिन अस्पतालमा ओमार र डाक्टरहरुबीच विवाद हुँदा उनी आवशेमा आएको र त्यो बेला उनको मुखबाट आवाज निस्केको थियो । त्यसको ३ दिनपछि उनी बोल्न सक्ने भएकी थिइन् । हाल उनी आबु धाबी फर्किएकी छन्। उनलाई फिजियोथेरपी र पुनर्स्थापनाका लागि अरू विधि गराइँदैछ।

मस्तिष्कको चाेटका कारण कोमामा गएका मानिसहरुको स्वास्थ्य अवस्थाका बारे केही थाहा नहुने विशेषज्ञहरु बताउछन् । यो एक दुर्लभ घटना हो । कोमामा जानु भनेको निदाउनुजस्तै हो भन्ने मानिन्छ । कोमाबाट बाहिर निस्कने मानिसमा अक्षमता बढ्दै जान्छ र उनीहरूलाई पुनर्स्थापना केन्द्रको समेत आवश्यकता पर्न सक्छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...