Wednesday 20th May 2026

यी आठ जना आतंककारीले गराएका थिए श्रीलंकामा विस्फोट


तितोपाटी- श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे।

ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै हमला गराइएकाे दाबी गरिएकाे छ। भारतीय समाचार संस्था ‘आज तक’का अनुसार तस्बिर ट्विटर ह्यान्डल @Natsecjeff बाट सार्वजनिक गरिएकाे हाे।

तस्बिरमा देखिएका सबैले कालाे कपडा लगाएका छन् भने एक जना बाहेकले अनुहार ढाकेका छन्। यसअघि म‌ंगलबार हमलाकाे जिम्मेवारी आइएसले लिएकाे ‘अमाक न्युज एजेन्सी’लाई उद्धृत गर्दै ‘राेयटर्स’ले लेखेकाे थियाे।

आक्रमणकाे अनुसन्धानका लागि ३ सदस्यीय समितिसमेत बनाइएकाे छ। उक्त समितिलाई राष्ट्रपतिसमक्ष जाँचबुझ रिपाेर्ट बुझाउन २ साताकाे समय दिइएकाे छ।

यसैबीच, राष्ट्रपति सिरिसेनाले सबै सुरक्षा संयन्त्रका प्रमुखहरुलाई पदमुक्त गरेका छन्। घटनाबारे यसअघि नै सूचना आएपनि साेका बारेमा सबै संयन्त्रमा सूचित नगरिएकाे, आवश्यक सुरक्षा सतर्कता नअपनाइएकाे तथा आफूलाई समेत साेकाे बारेमा जानकारी नदिएकाे भन्दै सबै सुरक्षा अंगका प्रमुखहरुलाई पदमुक्त गरेका हुन्।

आइतबार राजधानी काेलम्बाे, नेगोम्बो र पूर्वी तटीय क्षेत्र बाट्टिकोलामा गराइएकाे विस्फाेटमा हालसम्म ३ सय २१ जनाकाे मृत्यु भएकाे छ भने ५ सय भन्दा बढी घाइते भएका छन्। मारिनेमा ४५ जना विदेशी नागिरक समेत रहेकाे बताइएकाे छ।


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...