Tuesday 17th February 2026

पति परदेश, प्रेमीसँग डेट र मृत्युसम्म


तितोपाटी- फेन्सी’ जीवनशैली र सामाजिक परिबन्धबाट मुक्त हुने चाहनाका कारण नेपालमा सामाजिक समस्या बढ्न थालेको छ । हरेक दिन जसो समाचार माध्यमहरूमा आउने हेडलाईन हुन् –पतिले कमाएको सम्पत्ति लिएर पत्नी अर्कैसँग ।

पति परदेशमा, पत्नी चक्करमा ।पति खाडीमा, पत्नी अर्कैसँग गाडीमा ।

यस्तै, यस्तै !

पछिल्लो पटक मोरङको पथरीमा मृत्यु भएकी रिना बस्नेतको पनि यस्तै पाटो खुल्यो, छोराको बयान मार्फत । ‘हत्या’ अथवा ‘मृत्यु’ भन्ने विषयको अनुसन्धानको पाटो नखुल्दै विभिन्न मिडियामा रिनाका छोराको बयान आयो– नेपालले उनलाई मोबाइल किन्दिन्थे, रिनालाई विभिन्न ठाउँ घुमाउँथे ।

मंगलबार दिनभर स्थानीय र राष्ट्रिय मिडियामा हेडलाइन बन्यो– मृतक रिनाका प्रेमी पक्राउ !

रिना मृत्युप्रकरणले आन्दोलनसम्म पनि पुग्यो । तर, त्यो भन्दा गहन पाटोचाहिँ सामाजिक समस्याको परिबन्धभित्र उनी पनि परेकी रहिछन् ।

रिना बस्नेतको हत्या अथवा मृत्यु भन्ने आन्दोलनको पाटो एकातिर छ । तर उनका छोराले दिएको बयानअनुसार प्रेमी थिए जसलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा तानेको छ ।

यस्तो समस्या रिनाको मात्र होइन । अनेक ‘रिना’हरूको बाध्यता र मृत्युसम्मको जिम्मेवार सरकार नै रहेको अथ्र्याउन थालिएको छ । रिनाका पति संयुक्त अरब इमिरेट्समा रोजगारीका शीलशीलालामा पुगेका थिए ।

रिना र नेपालको सम्बन्ध त्यहि भौतिक ग्यापमा बलियो बनेको पनि प्रष्टीसकेको छ । ‘शारिरीक सम्बन्ध वा प्रत्यक्ष भावनात्मक सम्बन्धका रिनाका जस्ता धेरैका कथा छन् । जसलाई सम्बोधन गर्नका लागि मुलुकमा व्याप्त बेरोजगारी समस्याकै अन्त्य हुनुपर्छ’, मनोविद्हरू भन्छन्,‘जसले सामाजिक समस्याको न्युनिकरण गर्नेछ भने रिनाहरूले अकालमा ज्यान गुमाउन पर्दैन ।’

छोराको बयान र रिनाको फोन डिटेल्सपछि…

रिनाका १४ बर्षिय छोरा साइमनले भनेका छन्,‘राती बाबासँग कुरा भएको थियो । उहाँले सुत्न भन्नुभयो । हामी सुतेका थियौं ।’ तर त्यसपछि रिना कसरी मृत फेला परिन् भन्ने विषय नै नखुलेका कारण पथरीमा तिव्र आन्दोलन भयो ।

प्रहरीले अनुसन्धानको दायरा अलिक फराकिलो बनाउने चेष्टामा रिना र कमलको सम्बन्धका विषयमा खोजीनीति गरेको थियो । छोराले नै उक्त सम्बन्धबारे खुलाएपछि नेपालसँग सोधपुछ जारी छ ।

घटना

पथरी शनिश्चरे त्रिवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर थिइन् रीना ।

शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १४ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार बिहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए ।

कल डिटेल्स्मा कमलसँग कुरा गरेको पाइए पछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुसका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर कमल बजगाईले जानकारी दिए ।

प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गदैं हत्यारा पत्ता लगाएर कारवाही गर्न दवाव दिदैं सोमबार स्थानीयहरूले सडक जाम नै गरेका थिए ।

पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरेको थियो । सो क्रममा झडपको अवस्था पनि आयो भने अश्रुग्यास पनि चलाउन परेको थियो ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...