Tuesday 14th April 2026

पाकिस्तानमा आतंककारीहरूद्वारा १४ जना बसका यात्रुहरूको हत्या


तितोपाटी – पाकिस्तानको बलुचिस्तान प्रान्तमा १५ देखि २० जनाको आतंकारी समुहले गरेको बस आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्य २ जना भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।

त्यहाँको प्रहरीले आतंकारीहरुलाई पहिचान्न नसकेको बताएको छ साथै घटना गराइनुको कारण पनि पत्ता लाग्न सकेको छैन् । आतंकारीहरुले ५-६ ओटा बस रोकेर सो बसमाथि आक्रमण गरेका थिए ।

आतंकारीहरुले व्यतितगत विवरण चेक गर्ने भन्दै १६ यात्रुहरुलाई बाहिर निकालेका थिए । बच्न सफल दुई जनाको उपचार भइरहेको छ । उक्त घटना बुजी टप क्षेत्रको मकरान कोस्टल सडखण्डमा भएको हो ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...