Thursday 18th June 2026

भ्रष्टाचारको आरोप लागेपछि पेरूका पुर्वराष्ट्रपतिद्वारा आफैंले गोली हानी आत्महत्या


तितोपाटी – पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले आफैले गोली प्रहार गरी आत्महत्या गरेका छन्। उनले आफ्नै घरमा बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्। उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन्।

घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो। पोस्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकले जानकारी दिएका छन्।

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारसँग भने, ‘बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफँैले आफँैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...