Monday 22nd December 2025

भ्रष्टाचारको आरोप लागेपछि पेरूका पुर्वराष्ट्रपतिद्वारा आफैंले गोली हानी आत्महत्या


तितोपाटी – पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले आफैले गोली प्रहार गरी आत्महत्या गरेका छन्। उनले आफ्नै घरमा बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्। उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन्।

घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो। पोस्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकले जानकारी दिएका छन्।

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारसँग भने, ‘बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफँैले आफँैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...