Tuesday 20th October 2026

भारतमा हावाहुरीको कारण ४० भन्दा बढीको मृत्यु


तितोपाटी – भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहुरीसँगै भीषण वर्षा भएको हो। हावाहुरी र वर्षाले बिद्युतका पोलहरु ढलेका छन्।

हावाहुरीको असर गुजरात, राजस्थान र मध्यप्रदेशमा बढी परेको छ। यि राज्यमा मात्रै ३४ जनाको मृत्यु भएको छ। भारतीय मौसम विभागले बिहीबारसम्म मौसम यस्तै रहने जनाएको छ।

यता प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित सबै राज्यमा उद्दार कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन्। उनले ट्वीटरमार्फत मृतकका परिवारलाई २ लाख र घाइतेलाई प्रतिब्यक्ति ५० हजार सहयोगको घोषणासमेत गरेका छन्। उक्त हावाहुरीबाट ५० जनाभन्दा बढी घाइते भएका छन्।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...