Sunday 29th September 2024

जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर चितवनको बम्पर उपहार “वासिङ मेसिन” डण्डा नवलपुरका दधिराम न्यौपानेलाई


ओमकार अर्याल-जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर,चितवनले आफ्ना ग्राहक बर्गलाई लक्षित गरी लिएर आएको बम्पर उपहार योजना “ थाईल्याण्डको मज्जा जस्मिन पेट्स ले घर रंगाउदा २०७५ “ अन्तर्गत वाशिङ मेसिन जित्नुहुने डण्डा नवलपुरका दधिराम न्यौपानेलाई सोमबार पुरस्कार हस्तान्तरण गरेको छ ।

न्यौपानेले तृतीय बम्पर उपहार योजना अन्तर्गतको लक्की ड्र मार्फत सो उपहार प्राप्त गरेका हुन । पुरस्कार हस्तान्तरण जस्मिन पेन्ट्स प्रा .ली. का डाईरेक्टर मधुसुदन अर्यालले गरेका थिए । उक्त कार्यक्रममा बोल्दै कम्पनिका डाईरेक्टर अर्यालले आगामी दिनमा ग्राहक बर्गलाई लक्षित गरी अझ नयाँ नयाँ तथा आकर्षक एबं प्रभाबकारी उपहार योजना ल्याउने बताए ।

बि स‌ं २०५१ सालमा स्थापना भएको उक्त कम्पनीले नेपाली बजारमा बिभिन्न साईज तथा कलरमा आफ्ना उत्पदनहरु ग्राहक समक्ष पुर्याउन सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु समेत प्राप्त गर्न सफल भएको उक्त कम्पनीले ग्राहक, डिलर तथा पेन्टरलाई लक्षित गरी बिभिन्न उपहार योजनाहरू लिएर  अाइरहेकोछ । उक्त उपहार योजनाहरुमा कम्पनीले स्कुटी ,मोटरसाईकल तथा कार समेत प्रदान गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केवलकार कोसे ढुङ्गो साबित हुने बताएका छन्।…

तमू गुरुङ जातिहरुको मौलिक पहिचान,जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उदेश्यको साथ २००९ मा स्थापना…

काठमाडौं : नेपालमा शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाले बाढी र पहिरोका कारण प्रमुख सडक अवरुद्ध हुनुका साथै आन्तरिक हवाई उडान…

प्रतिकृयाहरू
...