Tuesday 29th July 2025

मकवानपुरमा भएका छुट्टाछुट्टै ३ घटनामा ३ जनाको मृत्यु


तितोपाटी-मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

समाचार अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान गएको हो । उनको परिचय खुलेको छैन ।

त्यस्तै मनहरीकै खरंगामा अर्को सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । हेटौंडातर्फ आउँदै गरेको ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३१ वर्षीय रवीन्द्रकुमार पोदारको घटनास्थलमै मृत्यु भएको हो । उनी मोरङका हुन् ।

प्रहरीका अनुसार, घटनामा सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौंडाको चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भइरहेको छ ।

उता, कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना ८ ख ४३२६ नम्बरको टिपरसँग ना ३२ प १८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गढीगाउँपालिका धरमपानीका ३५ वर्षीय गोविन्द वमजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा प्रहरी निरीक्षक सागरविक्रम रानाले जानकारी दिए । उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो ।

तीन वटै दुर्घटनाका ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

प्रतिकृयाहरू
...