Wednesday 17th June 2026

प्रश्न सोधेकै भरमा मन्त्रीले कार्यक्रम बन्द गराएपछि महासंघको अापत्ति


तितोपाटी – नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको अन्तर्वार्तामूलक कार्यक्रम ‘सिधा प्रश्न’ सूचना तथा संचार एवं प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्देशनमा बन्द गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

कार्यक्रम प्रस्तोता राजु थापाले मन्त्री बास्कोटासँग लिएको अन्तर्वार्तामा सम्पत्ति विवरणसम्बन्धी प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइएको भन्दै महासंघले कार्यक्रम बन्द नगर्न आग्रह गरेको छ ।

प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ । अन्तर्वार्ताका क्रममा प्रस्तोताले कम्युनिष्टहरुले दाइजोबाट सुन चाँदी लिन सुहाउँछ र भनी प्रश्न गरेपछि मन्त्री बाँस्कोटा आक्रोशित भएका थिए ।

आफूले कहिल्यै पनि दाइजो नलिएको दावी मन्त्री बाँस्कोटाले गरे पनि अन्तवार्ताकार थापाले मन्त्रीले आफैंले हस्ताक्षर गरेर सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको माइतबाट सुन चाँदी आएको उल्लेख भएको कागजात देखाइएको थियो ।

आफूलाई पेलेर प्रश्न सोधेको र अप्ठ्यारोमा पारेको रिसमा मन्त्री बास्कोटाले कार्यक्रम नै बन्द गर्न नेपाल टेलिभिजनलाई निर्देशन दिएका थिए । तर नेपाल टेलिभिजनले भने आन्तरिक कारणले नै कार्यक्रम बन्द गर्नुपरेको बताएको छ ।

मन्त्रीसँग भएको कुराकानीको भिडियोः


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...