Saturday 13th December 2025

प्रश्न सोधेकै भरमा मन्त्रीले कार्यक्रम बन्द गराएपछि महासंघको अापत्ति


तितोपाटी – नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको अन्तर्वार्तामूलक कार्यक्रम ‘सिधा प्रश्न’ सूचना तथा संचार एवं प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्देशनमा बन्द गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

कार्यक्रम प्रस्तोता राजु थापाले मन्त्री बास्कोटासँग लिएको अन्तर्वार्तामा सम्पत्ति विवरणसम्बन्धी प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइएको भन्दै महासंघले कार्यक्रम बन्द नगर्न आग्रह गरेको छ ।

प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ । अन्तर्वार्ताका क्रममा प्रस्तोताले कम्युनिष्टहरुले दाइजोबाट सुन चाँदी लिन सुहाउँछ र भनी प्रश्न गरेपछि मन्त्री बाँस्कोटा आक्रोशित भएका थिए ।

आफूले कहिल्यै पनि दाइजो नलिएको दावी मन्त्री बाँस्कोटाले गरे पनि अन्तवार्ताकार थापाले मन्त्रीले आफैंले हस्ताक्षर गरेर सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको माइतबाट सुन चाँदी आएको उल्लेख भएको कागजात देखाइएको थियो ।

आफूलाई पेलेर प्रश्न सोधेको र अप्ठ्यारोमा पारेको रिसमा मन्त्री बास्कोटाले कार्यक्रम नै बन्द गर्न नेपाल टेलिभिजनलाई निर्देशन दिएका थिए । तर नेपाल टेलिभिजनले भने आन्तरिक कारणले नै कार्यक्रम बन्द गर्नुपरेको बताएको छ ।

मन्त्रीसँग भएको कुराकानीको भिडियोः


सम्बन्धित शीर्षकहरु

तितोपाटी -पाल्पाको निस्दीस्थित मित्याल-अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी-४ मित्याल चिउरेबासमा आज बिहान जिप दुर्घटना भएकाे छ । अरूणखाेलाबाट निस्दी हुँदै रामपुर…

तितोपाटी-पाल्पामा अन्तरास्ट्रिय आप्रवासन दिवस २०२५ को अवसर पारेर "आप्रवासी श्रमिक सञ्जाल" गठन भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत…

न्यूयोर्क: संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तले बिहीबार म्यानमारको एक अस्पतालमा भएको हवाई आक्रमणको अनुसन्धान गर्न आह्वान गरेका छन् जसमा बिरामीहरू…

प्रतिकृयाहरू
...