तीतोपाटी-सर्लाहीमा बस दुर्घटना हुँदा तीन यात्रुको ज्यान गएको छ । अन्य ८ जना घाइते भएका छन् ।
काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टेको हो ।
दुर्घटनामा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको जलविरेमा रहेको जलविद्युत आयोजनामा काम गर्ने मजदूर रहेको परिचय खुले पनि ठेगाना भने खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि विराटनगर लगिएको छ ।