Monday 7th September 2026

एक नेपालीको टाउकोमा वर्षमै ७ हजार ऋण थपियो


तीतोपाटी-औसत एक नेपालीको भागमा ३१ हजार ७५० रुपैयाँ ऋण पुगेको छ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार एक नेपालीको भागमा एक वर्षमै ७ हजार ७४ रुपैयाँ ऋणको भार थपिएको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड छ।

२०६८ सालको कुल जनसंख्या २ करोड ८८ लाख २९ हजारलाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३१ हजार नाघेको हो। नेपाल सरकारको कुल ऋणमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड छ।

ऋण दायित्व आव ०७३/७४ को तुलनामा ०७४/७५ मा ३१. १९ प्रतिशतले बढेको हो। उक्त ऋण कुल गार्हस्थ्य उत्पादन ( ३० खर्ब ७ अर्ब)को ३०. ४४ प्रतिशत हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...