Sunday 29th September 2024

गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, अरू ८ घाइते


तितोपाटी-गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ भने अरू ८ जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे ।

धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए । दुर्घटनामा अर्का एक जना बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८ वर्षीय ओश्कर विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिए ।

जीप दर्लिनबाट बुटवल जाँदै थियो । जीपमा १० जना सवार थिए । दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, सोहि वडाकै २६ वर्षीया कोशिला थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् । यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले जानकारी दिए । घाइतेहरुलाई उपचार गर्न वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा लगिएको छ । जीप सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल बाग्लुङको सिमानामा पर्दछ ।


सम्बन्धित शीर्षकहरु

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केवलकार कोसे ढुङ्गो साबित हुने बताएका छन्।…

तमू गुरुङ जातिहरुको मौलिक पहिचान,जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उदेश्यको साथ २००९ मा स्थापना…

काठमाडौं : नेपालमा शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाले बाढी र पहिरोका कारण प्रमुख सडक अवरुद्ध हुनुका साथै आन्तरिक हवाई उडान…

प्रतिकृयाहरू
...