Sunday 29th September 2024

२६ जना घाइते हुने गरि डँडेलधुरामा बस दुर्घटना


तितोपाटी-डडेल्धुरा अमरगढी नगरपालिका–११ धनगाड नजिक रात्री बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेेकाे छ। धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआइसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना मा परेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ब्रेक फेल भएर सडकमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । घाइते २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइ/हेको छ भने गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई धनगढी रेफर गरिएको अस्पतालले जनाएको छ।

दुर्घटनामा घइतेहरु अधिंकाश अछामका रहेको बुझिए पनि अहिले सम्म घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ। बसमा ४५ जना भन्दाबढी सवार रहेका बताइएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।


सम्बन्धित शीर्षकहरु

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केवलकार कोसे ढुङ्गो साबित हुने बताएका छन्।…

तमू गुरुङ जातिहरुको मौलिक पहिचान,जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उदेश्यको साथ २००९ मा स्थापना…

काठमाडौं : नेपालमा शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाले बाढी र पहिरोका कारण प्रमुख सडक अवरुद्ध हुनुका साथै आन्तरिक हवाई उडान…

प्रतिकृयाहरू
...