Wednesday 24th June 2026

२५ हजार घुससहित पक्राउ परेका अधिकृतलाई राष्ट्रपतिले विभूषण दिँदै


तीतोपाटी- ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा समेत दायर गरिसकेको छ। लेनदेन मुद्दा मिलाई दिने भन्दै उनले घुस लिएका थिए। हजारौँ अधिकृतमध्ये उनी उत्कृष्ठ भन्दै गृह मन्त्रालयले उनलाई छनौट गरेको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...