Wednesday 29th July 2026

उत्तर अफ्रिकी राष्ट्र अल्जेरियामा व्यापक परिवर्तनको माग सहित प्रदर्शन


तितोपाटी – अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ ।

उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको राजिनामा माग गर्दै भीषण रुपमा प्रदर्शनहरु भएका थिए । त्यसपछि राष्ट्रपतिले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिनुभएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको थियो ।

बुढ्यौलीका कारण अशक्त अवस्थामा पुगेका राष्ट्रपतिको घोषणालगत्तै सडकमा मानिसहरु भेला भएर हिजै खुशीयाली मनाएका थिए । अल्जेरियाको राजधानी अल्जियर्स्का मुख्य चोक र सडकमा मानिसहरु देशको झण्डासहित ठूलो संख्यामा भेला भएका थिए ।

कैयौँ अल्जेरियाली नागरिकले बोतेफ्लि बाहेक अन्य कुनै राष्ट्रिपतिको रुपमा चिनेका नै छैनन् । करिब दुई दशकदेखि शक्तिमा रहेका राष्ट्रपति सन् २०१३ मा हृदयघात भएपछि विरलै मात्र सार्वजनिक कार्यक्रममा देखिने गरेका थिए ।

टेलिभिजन फुटेजमा राष्ट्रपति बोतेफ्लिकाले आफ्नो राजीनामा संवैधानिक परिषदका प्रमुख तायिब बेलाइजलाई बुझाएको देखाइएको थियो । राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी रूपमा विरोध प्रदर्शन समेत भएका छन् ।

देशव्यापी प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिका विश्वासपात्र उच्च पदस्थ व्यक्तिहरुले समेत राजीनामा दिएका थिए । विगत २० वर्षदेखि अल्जेरियाको राष्ट्रपति रहेका बोतेफ्लिलाई सन् २०१३ मा हृदयाघात समेत भएको थियो ।

राष्ट्रपति बोतेफ्लिे गत फेब्रुअरीमा आफू पुनः राष्ट्रपतिमा उठ्न सक्ने बताएपछि राष्ट्रव्यापी प्रदर्शन तीव्र बन्दै गएको थियो । अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाड्नु भएका ८२ वर्षीय राष्ट्रपति अब्देलाजीजको यो चौथो कार्यकालमा रहेका थिए ।

राष्ट्रपतिले गत महिना राष्ट्रपतिमा उम्मेदवार नहुने घोषणा गर्नुभएको भए तापनि यसै अप्रिलका लागि तयारी गरिएको राष्ट्रपतिको चुनाव एकाएक स्थगित गरेपछि सर्वसाधारणको आक्रोस बढेको थियो । गत मङ्गलबार अल्जेरियाका सेनाप्रमुख जनरल अहमद सलाहले राष्ट्रपति स्वयंले राजीनामा गर्नुपर्ने अथवा संसदले राष्ट्रपतिलाई संविधान बमोजिम विस्थापित गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

सेनाप्रमुख सलाहलाई सन् २००४ मा राष्ट्रपति बोतेफ्लिले नै नियुक्त गरेका थिए । गत बुधबार हालै मात्र हटाइएका प्रधानमन्त्री अहमद औहाइयाले पनि राष्ट्रपतिको राजीनामा माग गरेका थिए ।

अल्जेरियाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा बुझाएको अवस्थामा राष्ट्रियसभाका सभामुखले अन्तरिम राष्ट्रपतिका रुपमा कार्य गर्न सक्नेछन् । अन्तरिम राष्ट्रपतिले ९० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनुपर्ने प्रावधान यहाँको संविधानमा छ ।

–एएफपी


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...