Wednesday 17th June 2026

दाइजो बारे प्रश्न सोध्दा सूचना तथा संचार मन्त्रीले कार्यक्रम नै बन्द गराइदिए


तितोपाटी – सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको निर्देशनपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा’ बन्द भएको छ।

कार्यक्रम प्रस्तोता राजु थापाले मंगलबार टेलिभिजन प्रशासनले दबाब थेग्न गाह्रो भएकाले कार्यक्रम निरन्तर नहुने जानकारी गराएको बताए।

सरकारका सय दिनको समीक्षा गर्न गत शनिबारको कार्यक्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री बाँस्कोटालाई अतिथि बनाइएको थियो। सोही कार्यक्रममा आफूले सोधेका प्रश्नको रिसमा मन्त्रीले कार्यक्रम बन्द गरिदिएको थापाको आरोप छ।

‘मलाई पूरै कार्यक्रमभरि गाह्रो लागेको थियो। दाइजोको विषयआएपछि बढी तनावपूर्ण भयो,’ थापाले भने,’कार्यक्रम सकिएपछि मन्त्रीज्यू आज पहिलो पटक मलाई कार्यक्रम चलाउन गाह्रो भयो भनें। उहाँ केही नबोली हिँड्नुभयो। हिजो कार्यक्रम बन्द भयो भनेर फोन आयो।’

कार्यक्रमको ३६ औं मिनेटमा सुशासनको विषयमा कुरा सुरू हुन्छ। सुरूमा मन्त्री बाँस्कोटाले १७ तोला सुन र ६० तोला चाँदी माइतीबाट नल्याएको दाबी गर्छन्। एकछिनमा सम्पत्ति विवरण देखाएपछि उनले चार/पाँच तोला हुनसक्ने बताउँछन्।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...