Monday 7th September 2026

प्रधानमन्त्री ओली र मुख्यमन्त्रीहरूबीच बालुवाटारमा भेटवार्ता जारी


तीतोपाटी-प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका मुख्यमन्त्रीहरूले अहिले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिरहेको छन् ।

सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा केन्द्रित रहेर छलफल भइरहेको स्रोतले जनाएको छ । विकास परिषद्को बैठकका लागि काठमाडौं आएको मौकामा प्रधानमन्त्री र मुख्यमन्त्रीबीच छलफल हुन लागेको बताइएको छ ।

त्यस्तै बैठकमा बारामा गएको आँधी प्रभावितका बारेमा एवं प्रदेशका लागि आगामी बर्षको नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने भएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...