Friday 15th August 2025

दिल्लीमा बन्धक बनाएका १२ नेपाली महिलाको उद्धार


तीतोपाटी- नयाँदिल्लीको छावला थाना, द्वारकामा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको शनिबार मध्यराति उद्धार गरिएको छ।  इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीमा राखिएका महिलाहरुको उद्धार गरिएको हो। कैलाली सहित झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा र प्यूठान घर भएका नेपाली महिलाहरुलाई सेटिङ मिलाएर सकेसम्म दिल्ली नभए म्यानमार हुँदै गन्तव्यमा पुर्याउने योजना रहेको थियो। उनीहरुलाई नेपालगञ्ज, सुनौली, काकडभिट्टा नाकाहुँदै बसमा लगिएको थियो।

वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई विगत केही महिनादेखि नयाँदिल्लीको ग्रामीण भेगका रुपमा चिनिने ती ठाउँमा कोठा भाडामा लिएर बन्धक बनाएर राखेका थिए। उनीहरुमध्ये ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो।


सम्बन्धित शीर्षकहरु

कहिले कृषी मन्त्रालयमा बजेट छैन भन्ने कहिले निगुरोलाई किसानले मल हालेर अभाव भएको बयान दिने कृषी मन्त्री को बयान ले…

विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा…

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका…

प्रतिकृयाहरू
...