Tuesday 16th September 2025

बंगलादेशमा जुम्ल्याहा बच्चा पनि १ महिना अघि पछि गरेर जन्मिए


तितोपाटी – बंगलादेशमा एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन्। २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको अन्तिममा पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूले उनी अझै गर्भवती रहेको र उनको अर्को पाठेघरमा जुम्ल्याहा बच्चा रहेको फेला पारेका थिए।

तत्कालै सिजरिङ विधिबाट ती जुम्ल्याहालाई जन्म दिइएको हो। पछि जन्मेका दुवै शिशु र आमाको स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले तिनीहरूलाई केही दिनमै अस्पतालबाट डिस्जार्च गरिएको थियो। एक विकट गाउँ निवासी सुल्तानाले पहिलो बच्चालाई खुल्ना जिल्लाको खुल्ना मेडिकल कलेज हस्पिटलमा जन्म दिएकी थिइन्।

दोस्रोपटक २१ मार्चमा जेस्सोरे जिल्लाको एड–डिन अस्पतालमा पुर्याइएका उनको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सेइला पाडारले शल्यक्रिया गरेकी थिइन्। डाक्टर पोदारले आफूले पहिले कहिल्यै यस्तो घटना नदेखेकाले निकै आश्चर्य लागेको बताएकी छिन्। उनले सुल्तानको पति निकै गरिब भएकाले उनको पहिले अल्ट्रासाउन्ड नगरिएको बताएकी छिन्।

तर दोस्रोपटक उनलाई किन अर्कै अस्पताल लगियो भन्ने स्पष्ट हुन सकेको छैन। सिंगापुरस्थित एकजना स्त्रीरोग विशेषज्ञले भने महिलामा दुईवटा पाठेघर हुनु कुनै असामान्य घटना नभएको बताउँछन्।


सम्बन्धित शीर्षकहरु

जेन-जी आन्दोलनको दबाबपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तारको प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा…

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

प्रतिकृयाहरू
...