Sunday 2nd August 2026

पाल्पामा समाचार सम्प्रेषणको निहुँमा पत्रकार महासंघका अध्यक्ष र सदस्य कुटिए


तितोपाटी – नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालमाथी शुक्रवार कुट्पिट भएको छ । तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै आएको समूहले अर्याललाइ तानसेन नगरपालिका हातामा कुट्पिट गरेका हुन् । समुहले अध्यक्ष अर्याल सहित महासंघका साधारण सदस्य विजयकुमार बौडेललाई समेत कुट्पिट गरेका हुन् ।

उनीहरुले नगरपालिकाको निर्णयलाई लिएर समाचार प्रकाशन गरेको भन्दै बौडेललाई कुट्पिट गरेको र उहाँलाई बचाउन जाँदा अध्यक्ष अर्याल माथी नै जाइलागेको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको सम्बन्धमा नेपाल पत्रकार महासंघ पाल्पाले एक विज्ञप्ति जारी गर्दै भर्त्सना समेत गरेको छ ।

शाखा उपाध्यक्ष भरत शर्मा र सचिव किरण कौशलद्वारा जारी जारी गरि शाखाका अध्यक्ष राजेशकुमार अर्याल, शाखाका सदस्य विजयकुमार बौडेल लगायतका पत्रकारहरूलाई समाचार संकलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा लगायत पाल्पाका सम्पूर्ण संचारकर्मीहरू घोर भर्त्सना गर्दछौँ भनिएको छ ।

सूचना संकलन तथा प्रकाशन प्रशारण निर्वाध रुपमा गर्न पाउने प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप निन्दनीय कदम हो । यसर्थ निहत्था संचारकर्मी माथि हातपात गर्ने र ज्यान मार्ने धम्की समेत दिने उपर आवश्यक कानूनी कारबाही गर्न साथै पाल्पाली संचारकर्मीहरुको ज्यानको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि प्रहरी प्रशासनलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन…

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

प्रतिकृयाहरू
...