Sunday 15th March 2026

एसइई परीक्षा स्थगित, विद्यार्थीद्वारा प्रदेश राज्यमन्त्रीको गाडी तोडफोड


तीतोपाटी-लगातारको प्रश्नपत्र आउट प्रकरणपछि स्थगित गरिएको एसइईपछि आक्रोशित बनेका धनुषाका विद्यार्थीहरूले प्रदेश दुईका राज्यमन्त्रीको गाडी तोडफोड गरेका छन्। यसका साथै विद्यार्थीहरूले प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन गरेका छन्।

जनकपुरबाट वीरगञ्ज हिँडेका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा विद्यार्थीहरूले ढुंगामुढा गरेका हुन्।

संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरमको वीरगञ्जमा भइरहेको बैठकमा भाग लिन गइरहेका बेला आन्दोलनरत विद्यार्थीहरूले ढुंगामुढा गरेका हुन्।

ढुंगामुढा प्रहारबाट सामान्य क्षतिमात्र भएको मन्त्री निकट स्रोतले बतायो। उनका अनुसार गाडीको हल्का सिसा मात्रै फुटेको छ ।

प्रश्नपत्र आउट भएका कारण प्रदेश २ को एसइई परीक्षा अर्को सूचना नआएसम्मका लागि सरकारले स्थगित गरेको छ।

बिहिबार विज्ञान र शुक्रबार सामाजिक शिक्षा विषयको प्रश्नपत्र नै बाहिरिएपछि दुबै दिनको परीक्षा रद्द गरिएको थियो । त्यसपछि संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल शुक्रबार साँझ पत्रकार सम्मलेन आयोजना गरी प्रदेश दुईभरिको परीक्षा स्थगित गरिएको घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...