Friday 7th November 2025

परिक्षा स्थगित भएको विरोधमा जनकपुरमा शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन


तीतोपाटी- प्रदेश नं २ को एसइई स्थगित निर्णयको विरोधमा आज परीक्षार्थीहरुले जनकपुर सहितका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिहानै जनकपुरको भानुचोकमा परीक्षार्थीहरुले बीच चोकमै बसेर नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलविरुद्ध चर्को नाराबाजी गर्दै आफूहरुलाई न्याय दिनुपर्ने नारा लगाउँदै टायर बालेर जुलुस प्रदर्शन गरेका छन्। उनीहरुले बीच सडकमै बसेर ’हामीलाई न्याय चाहियो, शिक्षामन्त्री मुर्दावाद’ को नारा लगाएका छन् ।

विभिन्न सञ्चारमाध्यमहरुमा परीक्षा स्थगितको समाचार बाहिरिए पनि ग्रामीण भेगमा सञ्चाचारको पहुँच न्यून भएकोले थाहै नपाएर परीक्षा केन्द्र पुगेपछि स्थगित भएको खबर सुनेको कतिपय विद्यार्थीको भनाइ छ । उनीहरुले बिहानैदेखि जनकपुर महेन्द्रनगर सडकखण्डमा चक्काजाम गरेका छन्। चक्काजामका कारण सवारी साधनको आवागमन समेत ठप्प भएको छ ।

उनीहरुले आफूहरुको जीवनसँग गम्भीर खेलबाड गरेको भन्दै क्षीरेश्वरनाथ नगरपािलकाका मेयर योगेन्द्र पंजियारको घरअगाडि समेत प्रदर्शन गरेका छन् । प्रश्नपत्र कहाँबाट आउट भएको बारे अझै पुष्टि भएको छैन भने प्रदेश सरकार, केन्द्र सरकार त्यसको छानबिनमा लागेका छन् । परीक्षार्थीहरुले एक जनाको गल्तीका कारण सम्पूर्ण प्रदेशकै परीक्षार्थी प्रभावित भएको भन्दै आक्रोशित बनेका हुन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

प्रतिकृयाहरू
...