Saturday 28th March 2026

राजपाअघि उपेन्द्र–बाबुरामको मिलन


तीतोपाटी- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको  संघीय समाजवादी फोरम नेपालबीच एकताको प्रयत्न घनीभूत भएको छ ।

फोरम नेपालले राजपा नेपालसँग एकता गर्ने प्रकृया शुरु गरेपनि एकपटक पनि औपचारिक वार्ता भएको छैन । तर नयाँ शक्तिसँग भने औपचारिक वार्ता शुरु भइसकेको छ । एकताकै विषयमा नयाँ शक्ति नेपाल र फोरम नेपालबीच दुई पटक औपचारिक वार्ता भइसकेको छ ।

फोरम नेपालले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समिति र नयाँ शक्तिले नवराज सुवेदीको संयोजकत्वमा गरेको राजनीतिक संवाद समितिबीच छलफल भएको नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए ।

यी दुई दलबीच पहिला पनि पटक पटक वार्ता भएको थियो तर नेतृत्वका लागि कुरा नमिलेपछि तत्कालका लागि वार्ता स्थगित गरिएको थियो । एकीकरण अन्तिम चरणमा पुगिसकेको अवस्थामा नेतृत्वमा कुरा नमिल्दा चुनावपछि पुनः छलफल गर्ने गरी वार्ता स्थगित भएको थियो । त्यही वार्ता पुनः शुरु भएको छ ।

तर कार्यकारणी सदस्य श्रेष्ठ भन्छन्, ‘अब नयाँ ढंगबाट छलफल अगाडि बढेको छ । यसअघि भएका वार्ता छलफल भरपर्दो भएको थिएन । पार्टीको तर्फबाट जसरी जबर्जस्त रुपमा कुराहरु राख्नुपर्ने थियो, त्यतिबेला त्यसरी राख्न सकेको थिएन ।’

त्यतिबेला नयाँ शक्तिको तर्फबाट देवेन्द्र पौडेल, खेमलाल देवकोटा, परशुराम खापुङ्गलगायतले वार्ता गरेका थिए । वैचारिक र पार्टीको सांगठनिक संरचनाको बारेमा त्यति खुलस्त रुपमा कुराकानी नभएको नेता श्रेष्ठको दावी छ । देवेन्द्र पौडेल,  खेमलाल देवकोटा पार्टी छाडेर नेकपामा गइसकेका छन् ।

स्रोतका अनुसार नेकपाको मोडल जस्तै बाबुराम भट्टराई र उपेन्द्र यादव दुईजना अध्यक्ष रहने विषयमा छलफल भइरहेको छ । यसअघि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नै अध्यक्षको दावी गरेको कारण कुरा मिलेको थिएन तर अहिले महाधिवेशनसम्मका लागि दुवैजना अध्यक्ष रहने विषयमा छलफल भइरहेको बताइएको छ ।

स्रोतका अनुसार नेकपाको मोडल जस्तै बाबुराम भट्टराई र उपेन्द्र यादव दुईजना अध्यक्ष रहने विषयमा छलफल भइरहेको छ । यसअघि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नै अध्यक्षको दावी गरेको कारण कुरा मिलेको थिएन तर अहिले महाधिवेशनसम्मका लागि दुवैजना अध्यक्ष रहने विषयमा छलफल भइरहेको बताइएको छ ।

राजपा नेपालभन्दा पहिले नयाँ शक्तिसँग एकीकरण हुने सम्भावना बढेको फोरम नेपालका एक नेताले बताए । राजपा नेपालसँग अहिले पत्र मात्र आदानप्रदान भएको छ, अझै औपचारिक वार्ता हुने कुनै सम्भावना देखिएको छैन तर यता नयाँ शक्तिसँग औपचारिक वार्ता अगाडि बढिसकेको छ ।

फोरम नेपालका सहमहामन्त्री एवं वार्ता समितिका सदस्य समेत रहेका प्रकाश अधिकारीले भने, हामीले एकताका लागि विभिन्न दलसँग वार्तालाई अगाडि बढाएसँगै नयाँ नेपालसँग पनि छलफल शुरु भएको छ तर अहिले कुनै उपलब्धि भइहालेको चाहिँ छैन ।’ छलफल थुप्रै पार्टीहरुसँग भइरहेको बताउँदै उनले निष्कर्ष निस्केपछि मात्र केही भन्न सकिने बताए ।

मंसिरमा बसेको फोरम नेपालको केन्द्रीय समितिको बैठकले राजपा नेपाललगायत अन्य दलहरुसँग एकताका लागि वार्ता समिति गठन गरेको थियो । समितिले पुस १९ गते तयार पारेको पत्र राजपा नेपालले फागुन १० गते प्राप्त गरेको थियो ।

राजपा नेपालले सो पत्रको जवाफ फागुन ३० गते पठाएको थियो । सो पत्र फोरम नेपालले प्राप्त गरेपछि त्यसको जवाफ चैत ६ गते पठाएको थियो ।

राजपा नेपालले वार्ताका लागि पहिलो शर्त सरकार छाड्नुपर्ने राखे भने फोरम नेपालले पार्टी एकतापछि मात्र सरकार छाड्ने–नछाड्ने निर्णय हुने जवाफ पठाएको थियो । यद्यपि पत्र हेर्दा दुवै पक्ष वार्ताका लागि तयार रहेको देखिएका छन् । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले भने, ‘पत्र आदान–प्रदान भएको छ, अब छिट्टै नै औपचारिक छलफललाई अगाडि बढाउँछौं ।’ राजपा नेपालले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।

यसअघि पनि यस्तै भएको थियो । २०७२ सालमा एकताका लागि फोरम नेपाल, तत्कालीन तमलोपा र सद्भावना पार्टीसँग छलफल गरिरहेको थियो । त्यतिबेला एकता अन्तिम चरणमा पुगेको थियो । तर फोरम नेपालले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालसँग २०७२ जेठ ३२ गते एकीकरणको घोषणा गर्यो ।

यसपटक पनि त्यही हुने सम्भावना बढेको छ । एकताका लागि राजपा नेपालसँग वार्ताको प्रकृया अगाडि बढाएको छ तर नयाँ शक्तिसँग पहिला एकीकरण हुने सम्भावना बढ्दै गइरहेको देखिएको छ ।

साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...