Monday 7th September 2026

काठमाडौंमा एकैरातमा १८ टन धुलो संकलन


तीतोपाटी-काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए ।

सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका कार्य सञ्चालन शाखाले जनाएको छ ।

सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको थियो । यी क्षेत्रबाट डेढ टिप्पर धुलो संकलन भएको छ ।ब्रुमर चलाउँदा सडकको धुलो ब्रुमरको ट्यांकीमा जम्मा हुन्छ । ४.६८ घनमिटर भण्डारण क्षमता रहेको ब्रुमरको ट्यांकी भरिएपछि टिप्परमा खनाइन्छ । सो धुलोलाई महानगरपालिकाको फोहर संकलन केन्द्र टेकुमा बिसर्जन गरिएको छ ।

काठमाडौं महानगरपालिकाले हालै इटालियन कम्पनीद्वारा निर्मित पाँच वटा ब्रुमर काठमाडौं ल्याएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन र एउटा ६ टन क्षमताका छन् ।

१० किलोमिटर प्रतिघण्टा क्षमताका यी ब्रुमरले सडकको न्युनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...