Tuesday 1st September 2026

हस्पिटलको लापरवाहीका कारण बालकको मृत्यू


सामान्य समस्यामा हस्पिटल पर्याईएका मोरङ पथरीशनिश्चरे ५ का १७ महिनाका सोहान राईको मृत्यू भएपछि तनाव सिर्जना भएको छ ।
पथरीशनिश्चरे ५ सुन्दरीचौकका स्वस्तिका राई र जीवन राईको बच्चा सामान्य बिरामी भएपछि मोरङको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा पुर्याईएका बालकको २४ घण्टाको अन्तरालमा मृत्यू भएको हो । २४ घण्टा सम्म राख्दा पनि नानीको अवस्थामा सुधार नआएपछि परिवारले बारम्बार हस्पिटललाई घचघचाएका थिए ।


२७ गते ३ बजे नानिलाई हस्पिटलमा भर्ना गरिएको नानिको २८ गते १ बजेतिर नाकबाट रगत आएपछि परिवारले डाक्टरलाई जानकारी गराउँदा सामान्य भनेर रगत सफा गरिदिएको र ४ बजे तिर मुखबाट ब्लड निस्केपछी हस्पिटलले नोवेल रेफर गरेको आमा स्वस्तिकाको भनाई छ । त्यस पछि नोवेल लगिएको नानिको मृत्यू भएपछि फर्काएको आमा स्वस्तिका बताउँछिन । १ घण्टा ढिलाई भएको भनेर डाक्डरले अक्सिजन लगाएर फर्काएको उनको भनाई छ ।


बच्चाको मृत शरीर लिएर पथरी हस्पिटल पुगेका परिवारलाई हस्पिटलका सेयरहोल्डर पृथ्वी आले मगरले अभद्र व्यवहार गरेको भन्दै हस्पिटलमा तनाव सिर्जना भएको छ । आक्रोशित माहोलले मगरमाथि हातपात समेत गरेका छन । फिजिसियन डाक्टर सौरव आचार्यले चेक जाँच गरेको कारण र हस्पिटलको हेलचेक्राईले बच्चाको मृत्यू भएको परिवारको दाबी छ । डाक्टर उपस्थित गराई घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न परिवारले माग गरेको छ ।


सम्बन्धित शीर्षकहरु

चीनका राष्ट्रपति सी चिनफिङ र मंगोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखबीच भेटवार्ता भएको छ। भेटमा दुवै देशले आपसी मित्रता र सहकार्यलाई अझ…

अमेरिका र इरानबीच फेरि तनाव बढेपछि विश्व बजारमा तेलको मूल्य बढ्न थालेको छ। अमेरिकाले इरानको एक सैन्य स्थलमा आक्रमण गरेपछि…

इरानी राष्ट्रपति मसुद पेजेस्कियानका छोरा युसेफ पेजेस्कियानले इरानको अस्तित्व युरेनियम संवर्धनमा निर्भर नरहेको बताएका छन्। उनले युरेनियम संवर्धन जारी राख्ने…

प्रतिकृयाहरू
...