Thursday 14th August 2025

त्रिशुलीमा बस खस्दा सह–चालकको मृत्यु, ९ जनाको जिवितै उद्धार, एक बेपत्ता


तीतोपाटी- चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत दाहाखानी–६ रिद्धि खोला नजिकै नौ किलो भन्ने स्थानबाट मंगलबार राती यात्रुबाहक बस त्रिशुली नदी खस्दा एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् ।

राती करिव साँढे ८ बजेको समयमा काठमाण्डौंबाट भैरहवा तर्फ जान आउँदै गरेको लु १ ख ७३९१ नम्बरको बस त्रिशुली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परि बसका सह–चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले जानकारी दिनुभयो । मृत्यु हुनेमा सह–चालक धादिङ नलाङ गाविसका राजु वि.क रहेको प्रहरीले जनाएको छ । गाडीका चालक भने घाईते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै बसबाट अन्य ९ जनाको जिवितै उद्धार गरिएको ट्राफिक प्रहरी निरीक्षक भेटवाल जानकारी दिनुभयो ।

उनीहरु सबैको अहिले कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । प्रहरीका अनुसार यात्रुहरु सबै धादिङ जिल्लाको सलाङ र नलाङ गाविसका रहेका छन् । बसमा सवार ११ जना मध्ये एक जना अझै बेपत्ता छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । पानीमा बसको केही भाग मात्र देखिएको छ

साभार नारायणी अनलाईन


सम्बन्धित शीर्षकहरु

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

उत्तर प्रदेशको बलरामपुरमा २१ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको आरोप छ। पीडित महिला राति अबेर सुनसान सडकमा आफ्नो ज्यान…

प्रतिकृयाहरू
...