Sunday 1st November 2026

कुवेतमा तीन किराँती सस्थाले संयुक्तरूपमा साकेला उभौली चाड मनाउने


तितोपाटी – कुवेतमा तीन किराँती सस्था किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड मनाउने भएका छन । गत शुक्रबार २२ मार्चमा कुवेत स्थित फाहहिलमा बसेको तीन किरातिहरुको बैठकले आउदो जुन ७ तारिकका दिन उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । उक्त दिनको बैठकले कार्यक्रम संयोजकको लागि किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइलाई जिम्मेवारी दिएको छ ।

नेपालको विभिन्न क्षेत्रहरूबाट वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कुवेतमा आइ कार्यरत भएर पनि किराँती  समुदायहरुले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्दै आएको छ । कुवेतमा अलपत्र परेका नेपालीहरुको पनि उद्धार कार्यमा उल्लेख्य सहयोग गर्दै आएको छ । कुवेतमा मात्र सिमित नभई नेपालमा समेत दुखी, गरीब, असहाय लगायत लाई आर्थिक सहयोग गर्दै आएको छ ।  सुरुवातका वर्षहरुमा आ-आफ्नो संस्थाले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएता पनि बिगत केहि बर्ष देखि भने “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गर्दै आएको छ ।

बिगत वर्षका कार्यक्रमहरुमा नेपालबाट ख्याती प्राप्त अतिथि कलाकारहरुको साथमा मनाउँदै आएता पनि यस पटक भने स्थानिय कलाकारहरुको साथमा बिभिन्न साँस्कृतिक झाँकीका साथ कार्यक्रम मनाउने तयारिमा जुटेको अध्यक्ष राईले तितोपाटी लाई बताएका छन् ।

राई समुदायहरुले मान्ने उभौली येले दोङ ५०७९, लिम्बुहरुले मान्ने यक्वा तङनाम येले तम्बे ५०७९  र सुनुवारहरुले मान्ने सालिवा स्याँदर पिदार संयुक्त कार्यक्रमको संयोजन किरात राई यायोक्खा कुवेतले गर्ने भएको छ।

कुवेतमा कृयाशिल विभिन्न सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, साहित्यकार लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको कार्यक्रममा गरिमामय  उपस्थितिको लागि कार्यक्रम संयोजक  मन्जित चाम्लिङ राइले हार्दिक अनुरोध गरेका छन ।

कार्यक्रमको विवरण

मिति:०७ जुन २०१९

समय: बिहान ११ बजेदेखी

स्थान:  अडिटोरियम हल, फर्वानिया, कुवेत


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...