तितोपाटी – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले विकास निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई सरकारले कुनै संरक्षण नदिएको स्पष्ट पार्नु भएको छ ।
आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्माण कार्यमा लापरबाहि गर्ने ठेकेदार तथा कम्पनीलाई कारबाहि गर्न सरकार पछि नहट्ने बताउनुभयो ।
उहाँले आफ्नो घरबेटीलाइ बचाउन लागेको समाचारकोसमेत खण्डन गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ठेकेदारहरुले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यसमा कसैसँग सम्झौता हुँदैन । गल्ती गरेको भए मेरो घरभेटीलाई पनि कारबाही हुन्छ । राज्यभन्दा माथि कोही पनि छैन ।’
‘हामी मीडियालाई अंकुश लगाउने पक्षमा छैनौं । तर, अत्यन्तै भ्रामक समाचारहरु आउँदा चिन्ता लाग्छ’ प्रचण्डले भने, ‘मीडियाले आफ्ना लागि कोड अफ कन्डक्ट बनाउनुस्, हुँदै नभएका झुटा समाचार लेखेर तपाईहरुको नै विश्वासनीयता घट्छ ।
प्रचण्डले गृहमन्त्रीलाई दवाव दियो भन्नेजस्तो झुटो समाचार केही होइन ।’